काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्घि गरेको छ । गत बैशाख महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो ।
गत बैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले बृद्घि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले बृद्घि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्य १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्घि भएको छ भने ८ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्घिदर ६.२३ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा बृद्घि भएको छ ।
औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४३ प्रतिशतले बृद्घि भएको देखिन्छ । बैशाख मसान्तसम्मा बाणिज्य बैंकहरुसंग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयां पुगेको छ भने कुल कर्जा प्रबाह ४१ खर्ब ९१ अर्ब रुपैयां पुगेको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुशार यस अवधिमा १८ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने राष्ट्र बैंकले तोकेको सिमाभित्र नै (८९.६५ प्रतिशत) रहेको छ । औसतमा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८८ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ जेठ २०७९, ११ : ०४
लेखकबाट थप