चितवन, २४ मंसिर । चितवन क्षेत्र न १ को (क) प्रदेश सभा र (ख) प्रदेश सभा दुवै तर्फ बाम गठबन्धनले जितेको छ । चितवन क्षेत्र नम्बर १(क) मा बाम गठबन्धनका दावा लामा बिजयी भएका छन ।
लामाले २३०२३ मत प्राप्त गरेका छन् । भने उनका प्रनिद्धन्द्धि धन ब. गुरुङले १५९१४ मत प्राप्त गरेका छन् । दावा लामा ७०२९ मतान्तर ले बिजयी भएका हुन ।
त्यस्तै चितवन क्षेत्र न १ (ख) मा एमालेका बैकल्पिक सदस्य कृष्ण खनाल विजयी भएका छन् । कृष्ण खनालले लोकतान्त्रिक गठबन्धनका उमेद्वार उत्तम आचार्यलाइ ८ हजार ७ सय २१ मतान्तरले हराएका हुन् । अन्तिम मत परिणाम अनुसार कृष्ण खनाल २७२३२ मत ल्याएर बिजयी भएका छन । उत्तम आचार्य १८५११ मत प्राप्त गरि पराजित भएका हुन ।
प्रतिक्रिया दिनुहोस