झापा । झापाका दुई स्थानीय तहमा मत गणना स्थगीत भएको छ । गणनाको क्रममा विवाद आएपछि शिवसताक्षी र गौरीगञ्ज नगरपालिकामा गणना स्थगित भएको हो ।
दुवै स्थानीय तहमा मतदानका दिन खसेको मतको मुचुल्का र गणना गर्दाको मतपत्रको सख्यामा फरक परेपछि विवाद उत्पन भएको छ । शिवसताक्षी-१ को मत गणना गर्दा ५४ मतपत्र हराएको छ । यहाँ एमालेको प्यानल नै विजयी भइसकेको छ ।
उक्त वडामा तीन हजार ८२ मत खसेको मुचुल्का छ । तर, मत गणनाका वेला भने तीन हजार २८ मतपत्र मात्र भेटियाे । यहाँ निर्वाचन अधिकृतनै फेर्ने तयारी भएको छ । स्थानीयले रातभर निर्वाचन अधिकृतको कार्यालयमा नाराबाजी गरेका थिए ।
गौरीगञ्ज गाउँपालिकामा भने मतदानको दिन गरिएको मुचुल्का भन्दा मतपेटिकामा खसेको मतपत्र धेरै देखिएपछि विवाद भएको छ । गौरीगञ्ज्–१ को गणना गर्ने क्रममा धेरै मत भेटिएको हो । अहिले सर्वदलीय बैठक गरेर समस्या समाधानको तयारी भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा पुगेर प्रचण्डले खाए केराको पातमा मासुभात
झापामा ९३७ मेट्रिक टन कोदो उत्पादन
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
झापामा विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो
बिर्तामोडका ४ घरमा हात्तीले क्षति पुर्यायो
तटबन्ध नहुँदा झापाका सन्थाल बस्ती डुबानको जोखिममा