चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहाललाई ५० मतले पछि उछिन्दै एमाले उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । हाल सम्म ११३२८ मतको परिणाम आउदा एमालेका सुवेदीले ३९४४ मत प्राप्त गरेका छन् । भने रेनु दाहालले ३८९४ मत प्राप्त गरेका छन् ।
दाहाल र सुवेदी बिच तिव्र प्रतिष्पर्धा देखिएको छ । सय मत गणनाको क्रममा कुनै बेला दाहालले अग्रता कायम गर्छिन् भने कुनै बेला सुवेदीले अग्रता हासिल गर्ने गरेका छन् । यस्तै काँग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १५७२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट चित्रसेन अधिकारीले ४४७६ मत प्राप्त गर्न सफल भएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले ३०७० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको गाजर र चुकन्दर जर्मन निर्यात
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम