तनहुँ । देवघाट गाउँपालिकामा मतगणना सुरु भएको छ । केहीबेर अगाडि मतगणना सुरु भएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिए । उनका अनुसार भोलि बेलुकासम्म सम्पन्न गर्ने लक्ष्यका साथ मतगणना थालिएको हो ।
देवघाटमा आठ हजार ६४७ मत खसेको छ । १२ हजार ८१५ मतदाता रहेका थिए । देवघाट गाउँपालिकामा एक जना वडा सदस्य निर्विरोध निर्वाचित भइसकेकी छन् ।
देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भएकी हुन् । कांग्रेसबाट उम्मेद्वारी दिएकी उनको मात्रै एकल उम्मेद्वारी परेपछि उनी निर्विरोध भएकी थिईन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
देवघाटका कुटी र धर्मशालामा बस्ने १०० जनाको उद्धार
चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा