चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले मतदान गरेका छन्।
उनले भरतपुर-७ स्थित राष्ट्रिय मावि कृष्णपुरमा पुगेर मतदान गरेका हुन्। नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गर्दै उनले भरतपुरको मेयर पदमा उम्मेदवारी दिएका हुन् ।
पार्टीले उम्मेदवारी फिर्ता लिन पटकपटक निर्देशन दिँदा पनि नमानेपछि नेपाली कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १० : २९
लेखकबाट थप