काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएको सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्ने जनाइएको छ ।
विवेकशील साझाबाट कामपाको प्रमुखको उम्मेदवारी दिएको समीक्षा बास्कोटाले कामपा वडा नम्बर ३१ स्थित भ्याली भ्यु मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिएका वालेन्द्र साह (वालेनं ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्ने बताइएको छ । शुक्रबार सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि कामपाको लागि १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ ।
त्यसैगरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएकी सुनिता डङ्गोलले वडा २१ बाट मतदान गर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ बैशाख २०७९, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने
काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने
काठमाडौँ महानगरले माग्यो १०८ जना जनशक्ति
पलेशालाई काठमाडौं महानगरसम्मानको ५ लाखसहित सम्मान
उपमेयर सुनिताले गरिन् बालेनको कार्यशैलीको आलोचना