सुनसरीमा निषेध आदेश जारी

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १५ : १९
सुनसरीमा निषेध आदेश जारी

सुनसरी । जिल्ला प्रशासन कार्यलय सुनसरीले इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३ सहित सुनसरीका ७ पालिकामा आज विहीबार साँझ ८ बजेदेखि भोलि शुक्रबार साँझ ५ बजेसम्मका लागि निषेध आदेश जारी गरेको छ ।

भोलि बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनको संवेदनशीलता तथा निर्वाचन आचारसंहितालाई मध्यनजर गरी जिल्लाका ७ पालिका तथा वडामा अत्यावश्यक काममा सुरक्षा निकायसँग सम्वन्वय गरेर मात्रै व्यक्तिगत तथा सामूहिक हिसावले घरबाहिर निस्कन आदेश जारी गरिएको छ ।

निषेध आदेश जारी भएका पालिका तथा वडाहरुमा भोक्राहा नरसिंह गाउँपालिका पूरै, कोशी गाउँपालिका पूरै, हरिनगरा गाउँपालिका पूरै, देवानगन्ज गाउँपालिका पूरै, इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३ रहेका छन् ।

त्यसैगरी दुहवी नगरपालिकाको वडा नम्बर १, ८ र ९ र इनरुवा नगरपालिकाको वडा नम्बर ३, ९ र १० का स्थानमा व्यक्तिगत तथा सामूहिक रुपमा बाहिर निस्कँदा सुरक्षा निकायसँगको सम्वन्वय गरेर मात्रै निस्कन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्धारा जारी निषेध आदेशमा खुलाइएको छ । निषेध आदेश मतदान गर्न जानका लागि भने अवरोध नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस