काँग्रेस चितवनका सभापति उछिन्दै अविनाश विजयी

आइतबार, २४ मंसिर २०७४, १३ : ४१
काँग्रेस चितवनका सभापति उछिन्दै अविनाश विजयी

चितवन क्षेत्र नं २ (क) बाट बाम गठबन्धनका उम्मेद्वार घनश्याम दाहाल “अविनाश” विजयी भएका छन् । उनले नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका जितनारायण श्रेष्ठलाई पराजित गरेका हुन् ।

भर्खरै प्राप्त मतपरिणाम अनुसार दाहालले श्रेष्ठलाई ४ हजार ७ सय १८ मतले पराजित गरेका छन् ।

वाम गठबन्धनका उम्मेदवार दाहालले २० हजार ३ सय ८१ मत प्राप्त गर्दा काँग्रेस सभापति श्रेष्ठले १५ हजार ६ सय ६३ मत ल्याएका हुन् । यससँगै चितवनमा वाम गठबन्धनले विजयी सुरुवात गरेकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस