एजेन्सी । लखनउ जायन्ट्सलाई ६२ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) टी २० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ। मंगलबार राति गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो।
लखनउका दिपक होडाले सर्वाधिक २७ रन जोड्दा क्विन्टन डी ककले ११ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। गुजरातका राशिद खानले ४ विकेट लिए । यसअघि पुनेमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन जोडेको थियो ।
गुजरातका शुबमन गीलले सर्वाधिक ६३ रन बनाए। यस्तै, डेभिड मिल्लरले २६ रनको योगदान गरे। जितसँगै गुजरात १२ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा छ। लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा छ। आइपिएलमा नयाँ टोलीको रूपमा भित्रिएका गुजरात र लखनउ पहिलो वर्ष नै उच्च लयमा छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २८ बैशाख २०७९, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशी खेलाडीका लागि आइपिएलले बनायो कडा नियम
आइपिएल : राजस्थान आइपिएलको दोस्रो क्वालिफायरमा
आइपिएलको प्लेअफको समीकरण पुरा
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
आइपिएल : राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
आइपिएलमा आज राजस्थान र पञ्जावको भिडन्त