स्थानीय तह निर्वाचन

मतदान सामग्रीहरु धमाधम मतदानस्थलमा पठाईदै, भोलि सम्म १६१ स्थलमै पुग्ने

प्रकाश सिग्देल

मंगलबार, २७ बैशाख २०७९, १५ : २०
मतदान सामग्रीहरु धमाधम मतदानस्थलमा पठाईदै, भोलि सम्म १६१ स्थलमै पुग्ने

चितवन । चितवनमा मतदान सामग्रीहरु मतदानस्थलमा लैजाने कार्य सुरु भएको छ । भौगोलिक विकटता भएको ठाउँमा हिजोबाट नै सामग्री पठाउन थालिएपनि अन्य पालिकाहरुमा भने आजबाट मतदान सामग्रीहरु धमाधम पठाउन थालिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले बताए । 

भरतपुर महानगरपालिकाका लागि चाहिने मतपत्र पनि तयारी अवस्थामा राखिएको छ । भोलि बेलुकासम्ममा सुरक्षित रुपमा भरतपुरका सबै मतदान स्थलहरुमा मत्रपत्र पु¥याइने छ । मतदानस्थलमा कर्मचारी खटिएलगत्तै मतदानस्थलको तयारी पनि सुरु गरिने हुनेछ । एक महानगरपालिकासहित ७ वटा स्थानीय तह रहेको चितवनमा कुल ९८ वटा वडा रहेका छन् । यहाँ १६१ मतदान स्थल र ४५१ वटा मतदान केन्द्र तोकिएका छन् । चितवनमा कुल ३ लाख ९७ हजार ६८५ मतदाता रहेका छन् भने सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा १ लाख ८५ हजार ७५२ मतदाता रहेका छन् । 

एकीकृत सुरक्षा योजना समितिले सुरक्षाका हिसाबले चितवनमा अतिसंवेदंनशील २५, संवेदंनशील ९२ र ४४ सामान्य  मतदान स्थलका रुपमा वर्गीकरण गरेको छ । यहाँ निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र म्यादी प्रहरी खटिनेछन् ।

भरतपुर महानगरपालिकामा ६५ वटा मतदानस्थल र २ सय २ वटा मतदान केन्द्र तोकिएको छ । यहाँ १ लाख ८५ हजार ७५२ जना मतदाता छन । रत्ननगर नगरपालिकामा २१ वटा मतदानस्थल र ६० वटा केन्द्र, कालिका नगरपालिकामा ११ वटा मतदान स्थलमा ३७ केन्द्र, खैरहनी नगरपालिकामा १७ मतदानस्थल र ५१ केन्द्र तोकिएका छन । त्यस्तै, राप्ती नगरपालिकामा १८ मतदानस्थल र ४७ केन्द्र, माडी नगरपालिकामा १५ मतदान स्थल र ३२ केन्द्र तोकिएको छ । इच्छाकामना गाउँपालिकामा १४ मतदानस्थल र २२ वटा मतदान केन्द्र तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस