काठमाडौं । मकवानपुरको शिखरपानीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ शिखरपानीमा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय ६० वर्षीया मनमाया पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, ना ४६ प २२७७ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको छन् । फरार रहेका चालकको खोजी कार्य भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
चितवनमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्य
रौतहटमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
अमेरिकामा जहाज ठोक्किँदा पुल भत्कियो, धेरै सवारीसाधन पानीमा खसे
कुवेतमा कारको ठक्करबाट ३ नेपालीको निधन
भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको मृत्यु