अनिल परियार हत्याको दोषीलाई पक्राउ गरी कारबाही गर्न चितवन कांग्रेसको माग

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, ११ : १२
अनिल परियार हत्याको दोषीलाई पक्राउ गरी कारबाही गर्न चितवन कांग्रेसको माग

चितवन । नेपाली कांग्रेस चितवनका युवा नेता तथा बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को  अज्ञात समूह द्वारा हत्या भएको घटना प्रती नेपाली काङ्ग्रेस चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल द्वारा जारी बिज्ञप्तिमा भनिएको छ,परियारको बैशाख २५ गते साँझ अन्दाजी ७: ३० बजे भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुर खेल मैदान नजिक अज्ञात समुहबाट धारिलो हतियार प्रहार गरि हत्या गरिएको घटना प्रति नेपाली कांग्रेस चितवनको गम्भिर ध्यानाकर्षण भएको छ । 

निर्वाचनको प्रचारप्रसारको सिलसिलामा खटिरहेका एक युवा व्यक्तित्व माथी सुनियोजित तरिकाले साङ्घातिक आक्रमण गरि निर्मम तरिकाले हत्या भएको घटनाले नेपाली कांग्रेस चितवनलाई स्तब्ध एवम् मर्माहित तुल्याएको जारी बिज्ञप्तिमा उल्लेख छ । 

उक्त घटना प्रति नेपाली कांग्रेस चितवन खेद प्रकट गर्दछ बिज्ञप्तिमा भनिएको छ ।  घटनाको यथाशिघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथी कडा भन्दा कडा सजाय गर्न सम्बन्धित निकाय संग जोडदार माग गर्दछौ । अन्यथा यस घटनाबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मा प्रशासन हुने पनि बिज्ञप्तिमा उल्लेख छ ।


 

प्रतिक्रिया दिनुहोस