सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, उम्मेदवार घाईते

सफल खबर संवाददाता

शुक्रबार, २३ बैशाख २०७९, ११ : ३०
सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, उम्मेदवार घाईते

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपािलका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । बिहिबार राति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो । 

एमाले र कांग्रेसका कार्यक्रताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।  

प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अहिले अवस्था सामान्य रहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस