पूर्वी नवलपरासीमा काँग्रेस र एमालेका कार्यकर्ता बिच झडप, आधा दर्जन घाईते

सफल खबर संवाददाता

बुधबार, २१ बैशाख २०७९, ०९ : २३
पूर्वी नवलपरासीमा काँग्रेस र एमालेका कार्यकर्ता बिच झडप, आधा दर्जन घाईते

गैंडाकोट । पूर्वी नवलपरासीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ ।

हुप्सेकोट गाउँपालिका वडा नं १ भएको झडपमा परि दुवैतर्फका आधा दर्जन बढी कार्यकर्ता घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ ।

चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ । पाण्डे २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी अहिले पनि कांग्रेसको तर्फबाट उम्मेदवार छिन् । एमाले कार्यकर्ताले आक्रमण गरेको आरोप कांग्रेसले लगाएको छ । 

प्रतिक्रिया दिनुहोस