इन्टरनेट बन्द हुने अवस्थाप्रति क्यान महासंघको चिन्ता

सफल खबर संवाददाता

सोमबार, १९ बैशाख २०७९, १५ : ०६
इन्टरनेट बन्द हुने अवस्थाप्रति क्यान महासंघको चिन्ता

काठमाडौं । इन्टरनेट सेवा बन्द हुन सक्ने अवस्थाप्रति क्यान महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केही दिनदेखि जिम्मेदार निकायबाट व्यक्त धारणाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यसअघि इन्टरनेट सेवा प्रदायकहरूको संगठन आइस्पानले राष्ट्र बैंकले ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहीको अनुमति नदिएको भन्दै इन्टरनेटको शुल्क तिर्न नसकेर बन्द हुने चेतावनी दिएको थियो ।

यसका साथै, महालेखापरीक्षकको वार्षिक प्रतिवेदनको आधारमा बेरुजूका सन्दर्भमा विभिन्न निकायहरूबीच बुझाइमा असमानताका कारण ब्यान्डविथको शुल्क तिर्न बिलम्ब हुनाका कारण इन्टरनेट सेवा बन्द हुनसक्ने जनाएको थियो ।

यथाशीघ्र वार्ता गरेर समस्या समाधानका लागि महासंघले सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस