काठमाडौं । छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताअन्तर्गत दोस्रो दिनबाट महिलातर्फको खेल सुरु भएको छ ।सोमबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित हात पार्दा एपीएफ क्लब भने पराजित भएको छ ।
दिनको पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्याे । आर्मीले एभरेस्टमाथि २५-१९, २५-७, २५-१८ को सेटमा जित निकाल्दै सुरुवाती तीन अंक जोड्यो । दिनको दोस्रो खेलमा एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिसले विजयी सुरुवात गर्याे । सुरुवाती दुई सेट गुमाएको एपीएफले तेस्रो सेट जित्दै खेलमा फर्कने कोसिस गरे पनि सफल हुन सकेन ।
पुलिसले भने एपीएफलाई सुरुवातबाटै दबाबमा राख्न सफल भयो । पुलिसले सुरुवाती दुई सेट २५-२०,२५-२३ ले जित्दा तेस्रो सेट एपीएफले २५-१७ जित्यो । तर, चौथो सेट २५-१६ ले जित्दै पुलिसले महत्त्वपूर्ण तीन अंक हात पार्याे । आज नै पुरुषतर्फका तीन खेल हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ बैशाख २०७९, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय भलिबल : न्यू डाइमण्डलाई हराउँदै तेस्रो बन्यो एपीएफ क्लब
एपीएफ राष्ट्रिय भलिबलको फाइनलमा