काठमाण्डौ । काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी ४ वटा वडाबाट दलित महिला सदस्य पदमा १-१ जनाको मात्र उम्मेदवारी परेकोले उहाँहरु निर्विरोध हुनुभएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।
यसरी निर्वाचित हुनु हुनेमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार हुनुहुन्छ । वडा १८, २२ र २७ मा नेकपा एमालेबाट मात्र उम्मेद्वारी परेको थियो भने वडा २३ वाट नेपाली कांग्रेसबाट मात्र उम्मेद्वारी परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ बैशाख २०७९, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा वडा सदस्यबाट कुटिए प्रधानाध्यापक