काठमाडौँ ।स्पेनिस ला लिगामा रियल म्याड्रिडले ४ खेल बाँकी हुँदै ३५ औँ उपाधि जितेको छ। लिगको उपाधि जिताएका प्रशिक्षक कार्लोस एन्सोलोटीले युरोपका प्रतिष्ठित सबै पाँच लिगको उपाधि जित्ने एक्लो प्रशिक्षकको रेकर्ड समेत बनाएका छन्। शनिबार राति भएको खेलमा रियलले स्पानियोललाई ४–० ले पराजित गर्दै ३५ औँ पटक ला लिगा च्याम्पियन बन्यो। पछिल्लो पटक २०१९\२० मा रियल च्याम्पियन बनेको थियो।
यो सिजन च्याम्पियन बन्ने क्रममा रियलले ३४ खेलबाट २५ जित, ६ बराबरी र तीन हारको नतिजा निकाल्दै ८१ अंक बनाएको छ। जुन दोस्रो स्थानको सेभिया भन्दा १७ अंकको अग्रता हो। बाँकी सबै चार खेल हारे पनि र सेभियाले सबै चारमा जित निकाले पनि अब रियल अंक तालिकाको शिर्ष स्थानमा कायम रहने पक्का भएसँगै रियलले सिजनमा सहज उपाधि पक्का गर्यो।
रियलको उपाधि अभियानमा चम्किएका यी जोडी
रियलको उपाधि होडमा यो पटक करिम बेन्जमा र भिनिसियस जुनियर निकै उत्कृष्ट लयमा देखिए। यी दुईले जारी सिजनमा एक आपसमा ४० गोल गर्दा २१ असिस्ट दिएका छन्। बेन्जेमा ३० खेलमा २६ गोल र १२ असिस्ट दिदा भिनिसियसले ३२ खेलका १४ गोल र ९ असिस्ट प्रदान गरेका छन्। उनीहरूको ला लिगासँगै च्याम्पियन्स लिगमा पनि सनसनीपूर्ण प्रदर्शन जारी राखेका छन्।
एन्सेलोटीले बनाएको इतिहास
रियलका प्रशिक्षक एन्सेलोटीले दोस्रो पटक रियलको कमान्ड गत समरमा सम्हालेका थिए। उनले जिनेदिन जिदानको स्थानमा क्लबको बागडोर समाल्न आइपुगेका थिए। इंग्लिस क्लब एभर्टन छाडेर स्पेनिस क्लब समाल्न आएका एन्सोलोटी सामु रियललाई एकीकृत गर्दै जिदानले बनाएको छवि जोगाउने चुनौती थियो।
६२ वर्षीय एन्सेलोटीले यसअघि २०१३ र २०१५ मा बर्नेबेउमा आएका थिए। उनले यसअघि इंग्लिस प्रिमियर लिग, इटालियन सिरी ए, जर्मन बुन्डेस लिगा र फ्रेन्च लिग वानको उपाधि जितेका थिए। उनले चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए भने एसी मिलानलाई सिरी ए तथा पिएसजीलाई लिग वान र वार्यनलाई बुन्डेस लिगाको उपाधि जिताएका थिए।
अब उनलाई रियललाई च्याम्पियन्स लिगको उपाधि जिताउने चुनौती छ। सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीसँग ४-३ ले पछि रहेको रियललाई यदि उनले उपाधि दिलाएमा युरोपियन कप तथा च्याम्पियन्स लिगमा चार पटक च्याम्पियन हुने पहिलो म्यानेजरका रुपमा रहने छन्। उनले एसी मिलानलाई २००३ र २००७ मा च्याम्पियन बनाएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ बैशाख २०७९, १० : ४०
लेखकबाट थप