गण्डकी विकास बैंक लि. भरतपुुर शाखाको रक्तदान कार्यक्रम

शनिबार, ०५ जेठ २०७५, १७ : ३२
गण्डकी विकास बैंक लि. भरतपुुर शाखाको रक्तदान कार्यक्रम

भरतपुर । गण्डकी विकास बैक लि.शाखा कार्यालय भरतपुर चितवनको सातौ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम शाखा कार्यालयको परिसर हाकिमचोकमा सम्पन्न भएको छ । गण्डकी विकास बैक लि.चितवन क्लस्टर अन्तर्गतका ११ शाखा कार्यालयहरु क्रमशः नारायणगढ शाखा, चोरमारा शाखा, कावासोती शाखा, भेडाबारी शाखा, भरतपुर शाखा, टाँडी शाखा, चनौली शाखा, बिरगंज शाखा, पर्सा शाखा, हेटौडा शाखा तथा मुग्लिन शाखाका कर्मचारी एवं भरतपुर नगरवासीहरुको सक्रिय सहभागितामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चितवन क्लस्टर प्रमुख सुरज शर्माले गण्डकी विकास बैँकले आफ्नो मुनाफालाई मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाइ विशेष जोड दिदै आइरहेको तथा यस्ता कार्यक्रमहरु आगामि दिनहरुमा निरन्तर रुपमा गरिरहने समेत बताउनु भयो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष यमलाल कंडेलले पनि धन्यवाद सहित मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रम भरतपुर शाखाकी दिक्षा रानी मल्लले सञ्चालन गर्नु भएको थियो ।

गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७४/७५ को चैत्र मसान्त सम्ममा सञ्चालन मुनाफा रु. ५२ करोड १८ लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २० अर्ब ४३ करोड,  कर्जातर्फ रु. १८ अर्ब ३२ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जा अत्यन्तै न्युन रहेको छ । बैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा ब्द्यद्यक्, ब्त्ः, क्ःक् बैकिङ्ग सेवा, ऋ(ब्क्द्यब् सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, बिभिन्न रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ । रक्तदान कार्यक्रमको समापन भरतपुर शाखा प्रमुख  दीपक पाठकले गर्नुभयोे ।

प्रतिक्रिया दिनुहोस