एजेन्सी । अन्ततः सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलोन मस्कको प्रस्तावमा सहमत भएको छ । माइक्रोब्लगिङ साइटले विगत केही सातादेखि मस्कको प्रस्तावको मूल्यांकन गरेको थियो ।
मस्कले केही साताअघि ट्विटरका ‘डरलाग्दा सम्भावनाहरू’ भएको बताएका थिए । उनले नक्कली खाताहरू बन्द गर्नेदेखि धेरै परिवर्तनहरूको लागि पनि आह्वान गरेका छन् ।
फोब्र्स पत्रिकाका अनुसार मस्क विश्वको सबैभन्दा धनाढ्य हुन । उनको २७३ दशमलब ६ अर्ब डलर सम्पत्ति छ । विद्युतीय सवारी निर्माता टेस्लाका सीइओसमेत रहेका मस्क एरोस्पेस फर्म स्पेस एक्सको नेतृत्व गर्छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १३ बैशाख २०७९, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्प समर्थक मस्कको घोषणा: हरेक दिन एक मतदातालाई १० लाख डलर दिने
इलोन मस्कले मोदीलाई दिए बधाई
मस्कले गरे भारत भ्रमण स्थगित