स्थानीय तह निर्वाचन

देशभर अहिलेसम्म ४८ हजारको मनोनयन दर्ता

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, १८ : १८
देशभर अहिलेसम्म ४८ हजारको मनोनयन दर्ता

काठमाडौं । देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ४८ हजार १९७ उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् ।

देशभरका २९३ नगरपालिका छन् । निर्वाचन आयोगको विवरण अनुसार १ हजार ६५७ जनाले प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख (उपमेयर) पदमा ९७५ जनाको मनोनयन परेको छ ।

त्यसैगरी कुल ४६० गाउँपालिकाको अध्यक्ष पदमा १ हजार ६१० जनाले मनोनयनपत्र दर्ता गराएका छन् । १ हजार ५० जनाले उपाध्यक्षमा मनोनयनपत्र दर्ता गराएका छन् ।स्थानीय तहको प्रमुख पदमा उमेद्वारी दिनेको संख्या २ हजार ७२१ पुगेको छ । उपप्रमुख पदमा उमेद्वारी दिनेको संख्या १ हजार ६०६ छ ।


 

प्रतिक्रिया दिनुहोस