स्थानीय तह निर्वाचन

व्यञ्जनकारले गरे ११ औँ पटक वडाध्यक्षमा उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

आइतबार, ११ बैशाख २०७९, १२ : ३९
व्यञ्जनकारले गरे  ११ औँ पटक वडाध्यक्षमा उम्मेदवारी दर्ता

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष नरसिंह व्यञ्जनकारले आसन्न स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवार व्यञ्जनकार ललितपुर महानगरमा उम्मेदवारी दर्ता गर्ने पहिलो उम्मेदवार बनेका हुन् ।

८१ वर्षका व्यञ्जनकार  विसं २०२९ सालदेखि उनी लगातार वडाध्यक्षमा चुनाव जित्दै आएका  छन् । उनले राजनीतिक यात्रा सुरु गरेको ५० वर्ष भइसकेको छ । व्यञ्जनकार भन्छन्, ‘मैले सुरु गरेका काम नै सकिएको छैन । ती काम पूरा गर्न फेरि चुनाव जित्नु छ ।’ उनले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको यो ११ औँ पटक हो । 

प्रतिक्रिया दिनुहोस