स्थानीय चुनावमा रन्जु दर्शनाले मेयर पदमा नलड्ने

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, १५ : ००
स्थानीय चुनावमा रन्जु दर्शनाले मेयर पदमा नलड्ने

काठमाडौं । युवा नेतृ रन्जु दर्शनाले आसन्न स्थानीय तहको निर्वाचनमा मेयर पदमा नलड्ने बताएकी छन् । सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै दर्शनाले अघिल्लो पटकको स्थानीय निर्वाचनमा गरेको वाचा र घर–घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम आफूले काम गर्न नसकेको बताउँदै मेयर पदको आकांक्षा राखी चुनावमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समीक्षा गरेकी हुन् ।

उनले स्थानीय निर्वाचनमा प्रतिस्पर्धा नगरे पनि आफूले राजनीति भनेको नछाडेको स्पष्ट समेत पारेकी छन् । ‘ मेरो सक्रियता राष्ट्रिय मुद्दा, विषय, पार्टीको राजनीतिमा बढी व्यतीत भएको छ यसर्थ यिनै सक्रियता अनुसारको कदममा म अघि बढ्ने छु,’ उनले भनेकी छन्, ‘ मैले सुरु गरेको राजनीतिमा चुनावमा बढी मत ल्याएर विजय हासिल गरेर मात्र हुँदैन यो राजनीतिमा त राजनीतिक सु संस्कार स्थापना गर्ने कुरामा म विश्वास गर्दछु, र त्यही मान्यतामा मेरो यो कदम आधारित छ।’ उनले लेखेकी छन्,। 


 

प्रतिक्रिया दिनुहोस