कांग्रेस सभापति देउवाले बोलाए बैठक

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, १३ : २७
कांग्रेस सभापति देउवाले बोलाए  बैठक

काठमाडौँ  । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरूलाई बालुवाटारमा बोलाएका छन्।

पार्टीभित्रको असन्तुष्टिका बीच पाँच दलीय गठबन्धनबीच बुधबार भागवण्डा टुंगिएको अवस्थामा सभापति देउवाले दिउँसो ३ बजे नेताहरूलाई बालुवाटारमा बोलाएका हुन्।बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली नेताहरूलाई डाडिएको बालुवाटार स्रोतले जानकारी दियो। बैठकमा पार्टीभित्र देखिएको असन्तुष्टि कसरी हल गर्ने, भागवण्डा बाँकी रहेका ठाउँमा कसरी गर्ने र समग्रमा चुनावी रणनीतिबारे छलफल हुनेछ।

विशेष गरी शेखर कोइराला पक्षले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एकल रुपमा जानुपर्ने अडानका बीच संस्थापन पक्ष गठबन्धनका लागि तयार भएको छ।

प्रतिक्रिया दिनुहोस