वीरगन्ज । वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धनको सहमति जुटेको छ ।
३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् । सरावगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए ।
एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले यसको पुष्टि गरे । वडा अध्यक्ष र सदस्यको हकमा टुंग्याउन बाँकी छ । सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटको झडपपछि वीरगन्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै
वीरगन्जमा साँझ ५ बजेदेखि कर्फ्यु , सुरक्षा व्यवस्था कडा