पोखरा । गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ ।
अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो ।
पोखरा महानगरपालिका ३२ खुदीमा दुर्घटना भएको थियो । गम्भीर घाइते उनको मनिपाल अस्पतालमा उपचार भैरहेकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा सवार मीनबहादुर र उनको श्रीमती घाइते भएका थिए । उनकी श्रीमतिको भने अवस्था सामान्य छ । गाडी तीब्र गतिमा भएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ बैशाख २०७९, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
चितवनमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्य
रौतहटमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
अमेरिकामा जहाज ठोक्किँदा पुल भत्कियो, धेरै सवारीसाधन पानीमा खसे
कुवेतमा कारको ठक्करबाट ३ नेपालीको निधन
भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको मृत्यु