चितवनमा अष्ट्रेलियन एजुकेशन सेमिनार हुने

बुधबार, ०२ जेठ २०७५, १९ : ०९
चितवनमा अष्ट्रेलियन एजुकेशन सेमिनार हुने

चितवन । एबिसि एजुकेशन एण्ड माईग्रेसन चितवनको आयोजनामा एक दिने अष्ट्रेलियन एजुकेशन समिनार हुने भएको छ । जेठ ४ गते भरतपुरको होटल गार्डेन रिसोर्टमा विहान ११ बजेदेखी दिउसो ३ बजेसम्म सेमिनार हुने छ । अष्ट्रेलियन एजुकेशन सम्बन्धि सम्पूर्ण जानकारी दिने उदेश्यले सेमीनार आयोजना गर्न लागिएको एविसी एजुकेशन एण्ड माइग्रेसनका सेल्स एण्ड मार्के्टिङ प्रमुख किरण भट्टराइले जानकारी दिए ।
अष्ट्रेलिया लगाएतका देशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श तथा आवश्यक अन्य प्रक्रिया प्रबन्ध गर्दै आइरहेको एविसी एजुकेशन एण्ड माइग्रेसनले आउदो नोभेम्बर ईन्टेकको लागि लक्ष्ति गर्दै सेमिनारको आयोजन गरिएको आयोजकले जनाएको छ ।
सेमिनारमा अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधि पनि सहभागी हुनेछन् । जसमार्फत सहभागी विद्यार्थी तथा अभिभावकले अष्ट्रेलियामा अध्ययनका लागि आवश्यक सम्पूर्ण जानकारी प्रत्यक्ष रुपमै लिन सक्नेछन् । मुख्यत आगामि इन्टेकका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीले सेमिनारमार्फत आफु पढ्न चाहेको विषय र सो सम्बन्धि अन्य जानकारी प्रतक्ष्य रुपमा लिन सक्नेछन् । 
सेमिनारमा चितवन ,नवलपरासी लगाएत अन्य छिमेकी जिल्लाबाट १ हजार विद्यार्थीको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । सेमिनारमा प्रत्येक स्टलहरुलाई ट्रान्सलेटरको व्यवस्था गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।


 

प्रतिक्रिया दिनुहोस