कोरोना अपडेट : थप २६ जनामा संक्रमण पुष्टि, ३७ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

मंगलबार, २९ चैत्र २०७८, १६ : ४७
कोरोना अपडेट : थप २६ जनामा संक्रमण पुष्टि, ३७  जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ८६६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २३ जना र १ हजार २१२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ३ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७६९ पुगेको छ । हाल नेपालमा ५ सय ५४ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार १११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७८ जनाको परीक्षण हुँदा हालसम्म कुल ६७ लाख २७ हजार ९९४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।