निर्वाचनको रकेट प्रक्षेपण भइसक्यो, रोकिए दुर्घटना हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

सफल खबर संवाददाता

मंगलबार, २९ चैत्र २०७८, १२ : ५०
निर्वाचनको रकेट प्रक्षेपण भइसक्यो, रोकिए दुर्घटना हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

विराटनगर । निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन तयारी रकेटको गतीमा रहेकाले रोक्न नमिल्ने बताएका छन् । निर्वाचन आयोगले विराटनगरमा गरेको कार्यक्रममा उनले निर्वाचन स्थगित गर्न नमिल्ने बताएका हुन् ।

‘गाडी छुटेको हैन, गाडी छुटेको भए ब्रेक लगाउन पनि सकिन्थ्यो । प्लेन भए नजिकै कुनै विमानस्थलमा अवतरण गराउनसक्ने अवस्था पनि रहन्थ्यो,’ उनले भने, ‘अहिले निर्वाचनको रकेट छुटिसकेको छ, गन्तव्यमा पुर्‍याउन नसके दुर्घटना हुन्छ ।’

उनले निर्वाचन आचारसंहिता पालना गर्न आाग्रह गरे । काङ्ग्रेस नेता सशांक कोइरालाले निर्वाचनमा ६ करोड खर्च भएको अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको भन्दै उनले आचारसंहिता उल्लंघन गर्ने दलहरूसँग पनि जवाफ माग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस