काठमाडौं ।फिल्म ‘रीत’ को अहिले धमाधम छायाङ्कन भइरहेको छ । ताप्लेजुङको सिनाम क्षेत्रमा केही दिनदेखि फिल्मको छायाङ्कन भइरहेको निर्देशक दिनेश लिङ्देनले बताए । फाल्गुनन्द लिङ्देन फिल्मस्को निर्माण रहेको फिल्ममा लिम्बु भाषा संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेको हो ।
फिल्ममा लक्ष्मी योङ्हाङ, विमला खजुम, तान्छो हाङ इङ्नाम, यासेली योङ्हाङ, सागर केरुङ, रत्ना लिङ्देन, पुर्न सेलिङ, एन्जिला नेम्बाङ, नन्दु तुम्बापो, भीम थेबे, दिनेश माङ्मु, राजु घिमिरे, तेज मेन्याङ्बो, सोनु लिम्बु, नितु नेम्बाङ, एस्थर खालिङ लगायतको अभिनय रहनेछ ।
फिल्ममा सागर केरुङको कथा, मान तबेबुङ नाजम र अशोक लोहरुङको संगीत, सुमन तामाङको छायांकन छ । निर्देशक लिङ्देनका अनुसार फिल्म ताप्लेजुङको अलावा पाँचथर, इलाम, झापा र काठमाडौंमा पनि छायांकन गरिनेछ । फिल्मको प्रस्तुतकर्ता विष्णु इङ्नाम हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, १३ : ३६
लेखकबाट थप