काठमाडौं । नेपाल बार एशोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
पछिल्लो मतपरिणामअनुसार बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरे जित नजिक पुगेका हुन् ।
सातहजार ४२९ मतमध्ये हालसम्म छ हजार मतगणना हुँदा अध्यक्षमा घिमिरेले तीन हजार ७२८ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार ९७७ मत प्राप्त गरेका छन् ।
नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार काठमाडौँ केन्द्रको अब एक हजार ३०० मतगणना गर्न बाँकी छ । शुक्रबार दिउँसो नै सम्पूर्ण काम सक्ने तयारी छ । हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेका समूहको अग्रता रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किन चर्कियो बार बेन्चको विवाद ?
नेपाल बारको आन्दोलन तत्काललाई स्थगित
स्थापना दिवस मनाउँदै बार एसोसिएसन