६ महिनामै ४३ प्रतिशतले बस भाडा वृद्धि

पत्रपत्रिकाबाट

सोमबार, २१ चैत्र २०७८, ०८ : ३१
६ महिनामै ४३ प्रतिशतले बस भाडा वृद्धि

काठमाडौं । सरकारले विगत ६ महिनाको अवधिमा सार्वजनिक तथा मालवाहक यातायातका साधनको भाडामा ४३ प्रतिशतले वृद्धि गरेको छ । यसरी अस्वाभाविक रूपमा मूल्यवृद्धि भएपछि सर्वसाधारण मारमा परेका छन् ।

गत असार अन्तिममा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको सरकारले पुनः १५ प्रतिशतसम्म हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । गत असारमा तत्कालीन सरकारले मन्त्रिस्तरीय निर्णय गर्दै २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । करिब ६ महिनाको अन्तरालमा पुनः १५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

यातायात व्यवस्था विभागले आइतबारदेखि सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा करिब ६ महिनाको अन्तरालमा दोस्रोपटक बढाएको हो । विभागद्वारा सार्वजनिक गरिएको भाडादरअनुसार एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

सरकारले पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडादर १३ र तराईमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर १५ प्रतिशतले बढाएको छ । संघको निर्णयसँगै छोटो तथा मध्यम दूरीको सवारीसाधनको भाडा पनि वृद्धि हुने देखिएको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस