जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगागाउँमा शनिबार साँझ ट्याक्टरले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४० वर्षीया देवकली देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
स्थानीय २७ वर्षीय इजमामुल मन्सुरले गाउँको भित्री सडकखण्डमा चलाउँदै गएको ज१त ९९४८ नम्बरको ट्याक्टरले सडकमै हिँडिरहेकी देवकलीलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० चैत्र २०७८, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिद्धार्थ राजमार्गमा दुई ट्रक ठोक्किँदा एकको मृत्यु
फरक-फरक स्थानमा डुबेर तीन जनाको मृत्यु
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
काठमाडौंको आलोकनगरमा छतबाट लडेर मजदुरको मृत्यु
रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु
अरिङ्गालको टोकाइबाट घाइते एकको मृत्यु