काठमाडौं । नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–८ मा बिहीबार बिहान ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका अंदाजी ५० वर्षीय पुरुष रहेका छन् ।
ट्रकको ठक्करबाट घाइते भएका ती पुरुषलाई उपचारको लागि भरतपुर स्थित सरकारी अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान पौने ९ बजे भारतीय नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक सहित चालक इलाका प्रहरी कार्यालय गैंडाकोटको नियन्त्रणमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ चैत्र २०७८, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीका किसान तोरीखेतीतर्फ आकर्षित
५ करोडमा बनेको पश्चिम नवलपरासीको शीतभण्डार उपयोगविहीन
नवलपरासी पश्चिममा हजुरबुवा र नाति मृत फेला