काठमाडौँ । नवलपुरका गैँडाहरू अन्यत्र स्थानान्तरण गर्ने काम रोक्न नवलपुरका सरोकारवालाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । उनीहरूले आइतबार प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नवपलपुरका पर्यावरण तथा पर्यटनसँग सम्बन्धित ६ वटा संस्थाले संयुक्त रूपमा पत्र बुझाएका छन् । उनीहरूले पत्रमा गैँडा स्थानान्तरणले नवलपुरको जैविक विविधता, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योगमा असर पर्ने भएकाले त्यसलाई रोक्न माग गरेका छन् ।
ध्यानाकर्षण पत्रमा स्थानान्तरणको सट्टा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वैज्ञानिक विधि अवलम्बन गरी गैँडाको उचित व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।नवलपुर होटेल व्यवसायी संघ, नवलपुर पर्यटन समिति, नेचर गाईड एसोसिएसन नवलपुर, ऐतिहासिक कावासोती ताल संरक्षण समिति, हरियाली संस्था र कावासोती होटेल व्यवसायी संघको नगर समितिले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ कार्तिक २०८१, १३ : १६
लेखकबाट थप