राष्ट्रिय महिला लिग : ललितपुरको पोष्टमा आर्मीको आधा दर्जन बढी गोल

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १८ : २७
राष्ट्रिय महिला लिग : ललितपुरको पोष्टमा आर्मीको आधा दर्जन बढी गोल

चितवन । दोस्रो राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लबले फराकिलो जित हात पारेको छ । आज (आइतबार) भएको पहिलो खेलमा आर्मीले ललितपुरलाई ७-० ले पराजित गर्‍यो । 

आर्मीको जितमा शर्मिला थापा मगर र रश्मी घिसिङले समान दुई दुई गोल गरे । बिमला चौधरी र कुसुम खतिवडाले एक-एक गोल गरे । आर्मीले एक गोल भने उपहार पाएको थियो । 

पहिलो हाफमा नै ललितपुरको पोष्टमा ५ गोल गर्‍यो । खेलको ८ औं मिनेटमा बिमलाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाईन् । उनले हेमा चौधरीको क्रसमा गोल गरिन्। 

लगत्तै १२ औं मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । उनले बिमलाको क्रसमा गोल गरेकी हुन् । १५ औं मिनेटमा शर्मिलाले गर्दै आर्मीलाई ३-० को अग्रता दिलाईन्। २४ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको अग्रता ४-० बनाईन् ।

४० औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा आर्मीले ५-० को अग्रता लियो । पहिलो हाफमा ललितपुरले केही अवसर सृजना गरे पनि आर्मीको डेन्फेन्स तोड्न सकेन । 

५९ औं मिनेटमा आर्मीले उपहार गोल पायो । बल क्लियर गर्न खोज्दा ललितपुरकी कप्तान सिर्जना सिंहले आफ्नै पोष्टमा गोल गरिन् । ८१ औ मिनेटमा आर्मीले ७-० को अग्रता लियो । दोस्रो हाफमा मैदान प्रवेश गरेकी कुशुम खतिवडाले डिबक्स भित्रबाट सुन्दर गोल गरिन् । दोस्रो हाफमा ललितपुरले सुधारिएको प्रदर्शन गरे पनि गोल फर्काउन सकेन । खेलको प्लेयर अफ दि क्याच आर्मीकी शर्मिला भईन् । 

यो जितसँगै आर्मीले तालिकामा दुई खेलबाट तीन अंक जोडेको छ । आर्मी पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबसँग पराजित भएको थियो । पराजित ललितपुरको पनि दुई खेलबाट समान अंक छ । ललितपुरले पहिलो खेलमा चन्द्रपुरलाई पराजित 

प्रतिक्रिया दिनुहोस