चितवन । यौनप्रतिको गलत धारणा र बुझाईले आज हरेक दिन समाजमा बलात्कारका घटनाहरु बढिरहेको छ । समाज छाडा र असभ्य बन्दै दण्डहिनताको बाटोमा अगाडी बढेको छ । शैक्षिक रुपमा चेतनाशिल समाज भनिएपनि बिवेकहिन चेतनाका कारण समाजमा यौनजन्य अपराधहरु बढ्दो छ । जबकी संयमित, सिर्जजनात्मक यौनका समबन्धमा हाम्रा पूर्खाले सदियौंदेखि अनेक अभ्यास गर्दै आएको इतिहासले देखाउँछ । यौनका आयम र महत्वलाई अरु गहिराइमा बुझ्न सहजताका लागि पुर्खाहरुले मन्दिरको टुँडालमा कुँदिएका थरीथरीका यौन आसनहरु उदाहरणका रुपमा देख्न सकिन्छ ।
चितवनको भरतपुर स्थित गणेशधाममा रहेका मन्दिरको ढोका माथिको चारै तर्फ अनेकन यौन आसन देख्न सकिन्छ । मन्दिरका टुडालमा विभिन्न कलाकृतिका अश्लील जस्ता लाग्ने आकृती प्रस्ट देख्न सकिन्छ । टुँडाल भरी सबै किसिमका यौन जीवनको पूर्ण कथा देख्दा धेरैलाई अस्वभाबिक र अनौठो पनि लाग्न सक्छ तर प्राचीन समाज यौनको विषयमा सम्मेमित थियो तर संकुचित थिएन भन्ने नयाँ पुस्तालाई प्रमाण देखाउँन पनि यस्तो गरेको अनुमान धेरैको छ ।
लिच्छिवीकालका राजा मानदेवको पालादेखी मन्दिरका टुँडाल र झ्यालहरू कलात्मक काठबाट बनेको पाइन्छ । सुनको जलप लगाइएको पित्तलको गजुर,धातुले मोडिएका ढोकाहरू,मन्दिरको वरिपरिको भाग पाटीपौवा, धर्मशाला, त्रिशूल, घण्टा र अन्य देवदेवीका मूर्तिले भरिपूर्ण पाइन्छ ।
यौन जीवनको हिसाबले नेपाली समाज अहिले भन्दा लिच्छविकालमै धेरै शिक्षित समेत थियो भन्न सकिने आधारहरु यी टुडालका आकृतिहरु हुन सक्दछन् ।टुँडालहरुमा कुँदिएका आकृति कामसूत्रले उल्लेख गरेको यौनासनहरु भएको बताईन्छ । कामसूत्रमा १४ किसिमका यौन आसनको बारेमा उल्लेख गरिएको छ । कामसूत्रमा उल्लेख भएका अधिकांश आसनहरु टुँडालहरुमा पाइने भएकोले यसलाई यौन आसनको ज्ञान दिन बनाइएको कला पनि हुनसक्छ भन्ने विश्वास गर्न सकिन्छ ।
मन्दिरलाई पवित्र स्थान मन्ने गरिन्छ । त्यही मन्दिरमा किन यौन आसनका आकृति कुँदियो ? यसको रहस्य के थियो त्यो भने पुरात्त्व बिद्धहरुले ठहर गर्लान । तर परापूर्व कालमा मोक्ष पाउने लोभमा सबै मानिसहरु सन्यास लिएर बौद्ध मतका अनुयायी बन्ने धेरैले घर परिवार छाडेर तीब्र बैराग्यतिर लाग्न थालेपछि सरकारले नै धेरैको आस्थाको केन्द्र मानिने मन्दिरहरुमा कामसूत्रका अकृति कुँदेर राखेको भन्नेहरु पनि धेरै छन् । जे होस सभ्य समाज निर्माण लागी यौन शिक्षाको ज्ञान सबैमा दिनुनै यसको मुल उदेश्य हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
शनिबार, १२ चैत्र २०७८, १४ : ५२
लेखकबाट थप