काठमाडौं । तपाईहरूको आर्थिक अवस्था कमजोर छ । मानव शरीरमा दुइटा मिर्गौला हुन्छन् । एउटा मिर्गौला झिक्दा खासै फरक गर्दैन बरु आठ लाख बराबरको मोटो रकम पनि हात पर्छ ।’ उक्त कुरा सुनेपछि उनीहरू आफ्नो एउटा मृगौला बेच्न तयार भए ।
त्यसका लागि भारत जानुपर्ने भनियो । र, दुईजना आफ्नो एउटा मिर्गौला दिन तयार भए । त्यसबापत आठ लाख रुपैयाँ पाउनुपर्ने सर्त अघि सारे । दुवै पक्ष तयार भएपछि उनीहरूलाई काठमाडौंको माछापोखरीस्थित होटल न्यू दक्षिणकालीमा राखियो । होटलमा राखेर मृगौला बिक्री गर्न लागिएको भन्ने लागेपछि दुवै पीडितले प्रहरीलाई खबर गरे ।
यसरी ललाई, फकाई, आर्थिक प्रलोभन देखाई मृगौला झिक्न भारत लैजाने प्रयोजनार्थ माछापोखरी इलाकामा ल्याई राखिएको भन्ने सूचना प्रहरीले पायो । त्यसपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट प्रहरी टोली खटियो ।
प्रहरी टोलीले न्यू दक्षिणकाली होटलबाट मकवानपुर हेटौडा उपमहानगरपालिका-१९ घर भई हाल काठमाडौं-४ बस्ने ३९ वर्षीय मोती लामालाई पक्राउ गर्यो । उनले बन्धक बनाएर राखेका दुई पीडितको समेत प्रहरीले उद्धार गर्यो । भारत लगेर मृगौला बेच्ने खोज्ने लामालाई प्रहरीले १६ फागुन राति पक्राउ गरेको थियो ।
पक्राउ परेका लामालाई थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंमा बिहीबार भएको थुनछेक बहसपछि कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ चैत्र २०७८, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनको तयारी
शरीरमा देखिने यी ८ लक्षण हुन् खतराको घण्टी
आज विश्व मिर्गौला दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै