नलपुवरको देवचुलीमा ३ तारे होटल ‘रिभर साईड ग्रीनहाउस रिसोर्ट’ संचालनमा

शनिबार, २९ बैशाख २०७५, १७ : १२
नलपुवरको देवचुलीमा ३ तारे होटल ‘रिभर साईड ग्रीनहाउस रिसोर्ट’ संचालनमा

चितवन । नवलपुरको देवचुली नगरपालिका १७ पिप्रहरमा ‘रिभर साईड ग्रीनहाउस रिसोर्ट’ संचालनमा आएको छ । यस होटल जिल्लामै पहिलो तीन तारे होटल भएको संचालकको दाबी छ । जिल्लमा यस अघि तीन तारे होटलको सेवा दिने होटल संचालनमा आएको थिएन् ।
२० करोड लगानीमा निर्माण हुन लागेको होटलमा १७ करोड खर्च भईसकेको छ । १८ कठ्ठा जग्गामा फैलिएको होटलमा ७४ वटा एट्याच बाथरुम सहितका काठो हुने होटलका संचालक राम भगत थापाले बताउनुभयो । प्रत्येक कोठामा एसिको व्यवस्था गरिएको छ । होटलमा सिङगल बेडरुम देखि एउटा परिवारसगैँ बस्न मिल्नेसम्मका कोठाहरु निर्माण गरिएको संचालक थापाले जानकारी दिनुभयो । पुर्व पश्चिम राजमार्ग देखि अढाई किलोमिटर दक्षिणमा रहेको होटलबाट नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज दुई सय मिटर नजिकमा पर्दछ ।

देवचुली नगरपालिकाको पर्यटनलाई विकास गर्ने उदेश्यले निर्माण गरिएको होटलले विभिन्न प्याकेज सहितका कार्यक्रमहरुको व्यवस्था गरेको छ ।

प्याकेजमा निकुञ्जमा हात्ती सफारी,जीप सफारी ,नारायणी नदीमा बोटिङ र देवचुली पहाडमा पदयात्र रहेका छन् । 


होटलमा रहेका रुमहरुलाई रु ३ हजार देखि २५ हजारसम्म पर्ने होटलका अर्का संचालक सुमन थापाले जानकारी दिनुभयो । होटलमा ५ फिट गहिराईको स्वीमिङ पुल, सय जना अट्ने सेमिनार हल, सुविधा सम्पन्न बेडरुम लगाएतका सेवाहरु रहेको होटलका सञ्चालक थापाले बताउनुभयो ।

छिटो छरितो सेवालाइ ब्राण्ड बनाउछौ,होटलका संचालक थापाले भन्नुभयो , “सौरहा ,मेघौलीलाई जोडर पर्यटकलाई सेवा दिन्छौ । नवलपुरलाई पनि नेपालको पर्यटकीय क्षेत्रमध्यको एक बनाउने उदेश्य छ ।”
होटलले स्टीम रहित आगोमा पकाएको पोखराको जेठो बुढा चामलको खाना , कसौडीमा पकाएको मासु र काठमाण्डौँको श्याम दाईको हाँसको छोईलालाई विषेश परिकारका रुपमा उपलब्ध गराउने भएको छ । पुर्ण रुपमा निर्माण नभईसकेको होटलले १ बर्षपछि भौतिक संरचना निर्माण भईसक्ने बताएको छ । होटलका कर्मचारीहरुमा स्थानियलाई प्रथामिकता दिदै रोजगारी प्रदान गर्ने लक्ष्य राखेको छ ।
 

प्रतिक्रिया दिनुहोस