काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते भारत भ्रमणमा जाने भएका छन्। देउवा दुई वा तीन दिने भ्रमणका लागि भारत जान लागेका हुन्।
यसअघि देउवाको भारत भ्रमण रद्द गरिएको थियो। भाइब्रेन्ट गुजरात समिटमा भाग लिन देउवा भारत जाने भने पनि कोरोनाका कारण उक्त कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्द गरिएको थियो। प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले अहिलेसम्म जानकारी भने दिएको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, २१ : ३३
लेखकबाट थप