काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय चुनावमा भाग लिन सबै राजनीतिक दललाई आग्रह गरेका छन । कपिलवस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालयको उद्घाटन गर्दै मन्त्री खाँणले निर्वाचनमा भाग लिन दलहरूलाई आग्रह गरे।
विकासमा हातेमालो गर्न स्थानीय निर्वाचन सहभागी हुनु आवश्यक रहेको उनको भनाइ छ ।स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार लागिपरेको गृहमन्त्री खाँडले बताए ।
स्थानीय चुनाव निष्पक्ष हुने विश्वास दिलाउँदै उनले नागरिकले आफूलाई उपयुक्त ठानेका प्रतिनिधि छान्न सक्ने बताए। आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिवद्ध रहेको पनि मन्त्री खाँणको भनाइ थियो ।अर्को प्रसंगमा मन्त्री खाणले सशस्त्र प्रहरीका अधिकृत र जवानको लामो समयदेखि रोकिएको वृत्तिविकास सुचारु गर्ने तयारीमा सरकार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, १३ : २७
लेखकबाट थप