काठमाडौँ । आइएमई र विगत दुई दशकदेखि विद्यार्थीहरुको सिकाईलाई र्ई‐लर्निङ मार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेशन सँगको सहकार्यमा र्ई‐लर्निङ प्रवद्र्धन अभियान सुरु गरेको छ । सोही अभियान २२ मार्च २०२२ देखि १४ मे २०२२ ( ८ चैत्र २०७८ देखि ३१ बैशाख २०७९) सम्म जम्मा ५४ दिनको लागि लागु गरिएको छ ।
यस अभियानमा, नेपालमा सफलतापूर्वक विदेशबाट आइएमई मार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ । त्यसपछि आफ्नो मोबाइलमा प्राप्त Link मा Click गरेर MiDas eCLASS सरलीकरण शिक्षा एप Install गर्न सकिने छ । एप डाउनलोड गरिसकेपछि, प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र निशुल्क पढ्न पाउनेछन् ।
सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक÷शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन् । तर ई‐क्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ । अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ ।MiDas eCLASS मा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुदै जान्छ भन्ने विश्वासका साथ सोही अभियान सुरु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइएमईका सेवाग्राहीलाई मौलाकाली र लुम्बिनी केबलकारमा विशेष छुट
ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टानबीच त्रिपक्षीय समझदारी