काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा देखिएको बताए।गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन उद्घाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले सो कुरा बताए।
विधानलाई मिचेर काम नगर्न उनले सबै गैरआवासीय नेपालीलाई आग्रह गरे । टुटफुट नभई सबै एक भएर काम गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले तपाईंहरूबाट ठूलो अपेक्षा गरेका छौं’ उनले भने, ‘तर तपाईंहरू नै एक हुनुहुन्न, तपाईंहरू एक हुनुस् विधान अनुसार काम गर्नुस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ चैत्र २०७८, ११ : ४२
लेखकबाट थप