चितवन । भरतपुर महानगरपालिकाले भाषा,साहित्य,कला, संस्कृतिको उत्थान र श्रीवृद्धिको लागि प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । महानगर क्षेत्रमा रहेका क्रियाशील प्राज्ञिक व्यक्तिहरू मध्येबाट नगर प्रमुख रेनु दाहालले प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू मनोनयन गरेकी हुन।
प्रमुख दाहालले साहित्यकार इन्द्रप्रसाद रेग्मीलाई प्रतिष्ठानको उपकुलपति पदमा मनोनयन गरीन । दाहालले साहित्यकारहरू केदारनाथ खनाल, प्रकाश चापागाईं र विष्णुदेवी तिवारी उषालाई प्रज्ञा परिषदको सदस्यमा मनोनित गरेकी छन ।
यसैगरी महानगरले प्रज्ञा सभा सदस्यहरूमा अमृता रामदाम, डा.एकनारायण पौड्याल, एल.बी. क्षेत्री, प्रा.डा. कर्ण बानिया, डा.केशवराज चालिसे, किसान प्रेमी, गायत्री श्रेष्ठ, डा. धनेश्वर भट्टराई, प्रा.डा.नारायणप्रसाद खनाल, पूर्णबहादुर अधिकारी, पोषराज पौडेल, भूपेन्द्र खड्का भूपिन, रमाकान्त सापकोटा, रामहरि श्रेष्ठ, शशीकिरण रेग्मी रह शर्मा, श्रीराम महतो, सुरेन्द्र अस्तफल, हरि योञ्जन र होमनाथ भण्डारीलाई मनोनयन गरेको छ ।
महानगरपालिकाले कार्यपालिका सदस्यहरू मध्येबाट वडा नं. २५ का वडा अध्यक्ष विजय भुजेल र कार्यपालिका सदस्यहरू चक्र रूचाल र पवित्रा केसीलाई प्रज्ञा सभा सदस्यमा मनोनयन गरेको छ ।
यसैगरी प्रज्ञा परिषद र प्रज्ञा ससभाको सदस्य सचिवमा महानगरका अधिकृत छैठौं बालकृष्ण थपलियालाई मनोनयन गरिएको महानगरपालिकाले जनाएको छ। गत पौष ८ गते सम्पन्न महानगरको दशौं नगरसभाले भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान ऐन २०७८ पारित गरेसँगै प्रतिष्ठान गठन गर्ने कानुनी आधार खुलेको थियो ।
ऐनबमोजिम प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको र समितिले सिफारिस गरेका व्यक्तिहरूमध्येबाट नगर प्रमुख रेनु दाहालले प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू मनोनयन गर्नु भएको हो । प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नगर प्रमुख र प्रज्ञा सभा सदस्यहरूमा उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, एकजना वडा अध्यक्ष सहित तीनजना कार्यपालिका सदस्य र नगर शिक्षा अधिकारीसमेत गरी ३१ सदस्यीय प्रज्ञा सभा रहने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ चैत्र २०७८, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरको ६ लेन सडक निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगरपालिका
तीन महिनादेखि विषादी परीक्षण बन्द
भरतपुरमा मापदन्ड बिपरितका संरचना घरधनी आफैले भत्काउन थाले
स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष