काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरेको छ ।आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा खेलाडीको बिदाइ गरिएको हो । ३४ सदस्यीय टोली सोमबार (भोलि) थाइल्याण्ड प्रस्थान गर्नेछ ।
नेपालले थाइल्याण्डसँग १० चैतमा अन्तर्राष्ट्रियस्तरमा मैत्रीपूर्ण र थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबरी एफसीसँग १३ चैतमा खेल्नेछ । दुवै खेल चोनबरीमा हुनेछ ।यस पछि नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल खेल्नेछ । समूह 'ए'मा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ चैत्र २०७८, १७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदीको शपथमा सहभागी नेपाली टोलीको खर्च साढे २० लाख