काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा माथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यङ्ग्य गरेका छन् । ओलीले देउवालाई सूर्यमा भोट हाल्न भन्दै व्यङ्ग्य गरेका हुन्।
शनिबार सम्पर्क समन्वय कमिटीले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले अब कांग्रेस वृद्धवृद्धाका छेउमासमेत जान नसक्ने बताए ।
एमालेले जेष्ठ नागरिकलाई भत्ता बाँडेको भन्दै ६० वर्षमाथिकाहरुले कांग्रेसलाई भोटसमेत नहाल्ने जिकिर गरे । “तपाईं हामीले सुनेका छौं, ६० वर्ष माथिका नागरिकलाई कम्युनिस्ट सरकार बन्यो भने गोली हानेर मार्छन् भन्थे ।
अब बुढाबुढीको छेउमा कांग्रेस जाओस् त । बुढो भएर पनि शेरबहादुर देउवा आफैं कांग्रेसमा किन छन्भन्दा उनलाई त्यो चार हजार भत्ता के गर्नु छँदैछ,” उनले भने, “नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे । शेरबहादुरजीलाई म भन्न चाहन्छु, कमसेकम जेष्ठ नागरिक भत्ता पाए । लौरो टेकेर भए पनि सूर्य चिह्नमा भोट हाल्नुस् । अरुले नदेख्नेगरी ।”
ओलीले चुनावमा जाँदा कांग्रेस अघिल्लो सरकारको भण्डाफोर गरेर जाने नीति लिएको भन्दै ओलीले पायो त्यही बोल्ने कांग्रेसको पुरानो बानी भएको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ चैत्र २०७८, ११ : १८
लेखकबाट थप