काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार रहेको बेला नियुक्त भएका संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेका रिटलाई आज शुक्रबार हेर्दा हेर्दैमा राखिएको छ । रिटमाथि अब आगामी बुधबार सुनुवाइ हुनेछ ।
संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । शुक्रबार रिटमाथि बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिटमाथिको सुनुवाइ अघि बढाउन माग गरेका थिए ।
१७ भदौ २०७८ मा न्यायाधीश हरि फुयाँलले जारी गरेको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दाको सुनुवाइमा अवरोध भएको भन्दै अर्यालले त्यो अवरोध खुलाउन माग गरेका थिए ।
न्यायाधीश हरि फुयाँलको एकल इजलासले १७ भदौ २०७८ मा रेग्मीको रिट निवेदनमाथि सुनुवाइ गर्दै संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ चैत्र २०७८, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा ‘हेर्न नभ्याउने’मा