काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा सरोकारवालाबाट सुझाव संकलन थालेको छ । मंगलबार एक सूचना निकाल्दै मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी प्रयोजनका लागि सरोकारवालाबाट सुझाव माग गरेको हो ।
आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयमा विभिन्न संघ(संस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत र आम नागरिकले चैत मसान्त भित्र यस्तो सुझाव दिन सक्ने भएका छन् ।
मन्त्रालयको वेवसाइटमा रहेको ‘बजेट सजेसन ट्याव’मार्फत वा ‘बजेटसजेसनएटएमओएफडटजीओभीडटएनपी’मार्फत समेत पठाउन सकिने भएको छ । आर्थिक आर्थिक वर्षको बजेट १५ जेठमा संसदमा प्रस्तुत गर्नुपर्छ । यसका लागि अर्थ मन्त्रालयले सरोकारवालासँग भौतिक उपस्थितिमै समेत सुझाव संकलन थालेको छ ।
सो क्रममा मंगलबार कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवालाबाट सुझाव लिइएको छ । मन्त्रालयले बजेट लेखनको प्रयोजनका लागि ५ सदस्यीय समिति समेत गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ चैत्र २०७८, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थसहित तीनवटा समितिको बैठक बस्दै
अर्थका १५ जना सहसचिवको जिम्मेवारी हेरफेर, काे कहाँ ?