२४ घण्टामा काठमाडौँ उपत्यकामा नयाँ संक्रमित १५ जना मात्रै

सफल खबर संवाददाता

मंगलबार, ०१ चैत्र २०७८, १६ : ४१
२४ घण्टामा काठमाडौँ उपत्यकामा नयाँ संक्रमित १५ जना मात्रै

काठमाडौँ  ।  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १३ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन्।

यस्तै गत २४ घण्टामा देशभर ८३ जना संक्रमित थपिएका छन्।मंगलबार १३० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ४ हजार ७४६ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ४ हजार ७३४ पीसीआर तथा ३ हजार १५० एन्टिजेन परीक्षण भएको छ। 

प्रतिक्रिया दिनुहोस